General Policy
General Policy

१९७०को दशकदेखि बैठक बसेर पूर्णकालिक काम गर्ने घरेलु सहायकहरुको कमि परिपूर्ति गर्नको लागि सरकारले विदेशी घरेलु सहायकहरु काम गर्न ल्याउन अनुमति दिएको छ l उक्त व्यवस्था सरकारको श्रम नीति जसमा स्थानीय कामदारहरुले रोजगारमा प्राथमिकता उपभोग गर्न पाउनुपर्छ भन्ने मौलिक सिद्धान्तसँग क्रममा रहेको छ l रोजगारदाताहरुले हंग कंगमा उपयुक्त स्थानीय कामदारहरु भर्ना गर्न कठिनाइ भएपछि मात्र कामदारहरु आयात गर्न सक्छन् l

एफडीएचहरु र उनीहरुको रोजगारदाताहरुको रुचिहरु रक्षा गर्न सरकारले स्ट्याण्डर्ड इम्प्लोइमेन्ट कन्ट्रयाक्ट (एसइसी) (फारम ID 407) लागु गरेको छ l एफडीएचहरुको लागि भिसा निवेदनको एसइसी अध्यागमन विभागको सूचना तथा सम्पर्क विभाग, दोश्रो तल्ला, अध्यागमन टावर, ७ ग्लोउचेस्टर रोड, वान चाइ, हंग कंगमा उपलब्ध छ l

रोजगारदाता र एफडीएचहरुको हक र जिम्मेवारीहरुमा एउटा छिटो सन्दर्भ प्रदान गर्न, श्रम विभागले “विदेशी घरेलु सहायकहरुको रोजगारीको लागि व्यावहारिक गाइड-विदेशी घरेलु सहायक र उनीहरुको रोजगारदाताहरुले के जान्नु पर्ने” भन्ने निकालेको छ जसमा एफडीआइ र तिनीहरुको रोजगारदाताहरुले उठाईरहने साधारण प्रश्नहरुको जवाफ समेटिएको छ l तपाइले “प्रचार सामग्रीहरु र सम्बन्धित प्रकाशनहरु” खण्ड पनि भ्रमण गर्न सक्नुहुन्छ श्रम कानुनहरु र एसइसी अन्तर्गत एफडीएच र रोजगारदाताहरुको हक र जिम्मेवारीहरु सम्बन्धि थप सामग्रीहरुको लागि l

General Policy picture

श्रम कानुनहरुले प्रदान गरेको सुरक्षा संगै, एफडीएचहरुले थप सुरक्षा पाउछन्, जस्तै सित्तैमा आवास, सित्तैमा खाना, र सित्तैमा चिकित्सकीय हेरचाह रोजगारदाताहरु बाट एसइसी मा उल्लेख गरिए अनुसार पाउछन् l एफडीएचहरु र उनीहरुको रोजगारदाताहरु सँग श्रम विभागबाट सित्तैमा परामर्श र सम्झौता सेवाको पहुँच हुन्छ (श्रम विभागको श्रम सम्बन्धहरु विभागको कार्यलयहरुको ठेगाना र सम्पर्क विवरणहरुको लागि यहाँ क्लिक गर्नुहोस्, विवादको मामलाहरुमा l यदि सम्झौताबाट कुनै बन्दोबस्त पुगीदैन भने, मुद्दाहरु श्रम न्यायाधिकरण अथवा न्यायिक निर्णयको लागि सानातिना रोजगार दावा न्यायिक निर्णय बोर्डलाई उल्लेख गरिन्छ l

रोजगारदाताहरु साथसाथै स्थानीय कामदारहरुको रोजगारी अवसर रक्षा गर्न, एफडीएचहरुलाई अरु रोजगार लिन अनुमति दिइदैन, जसमा पार्ट टाइम काम, अथवा हस्ताक्षर गरिएको सम्झौताहरुमा उल्लेख गरिए अनुसार रोजगारदाताको ठेगानाभन्दा अरु ठाउँहरु पनि पर्छन् l

एफडीएचहरुको वैधानिक हकदारीमा बारम्बार सोधिने प्रश्नहरु (एफएक्युहरु)को लागि, कृपया यहाँ क्लिकl

सम्बन्धित लिंक: विदेशी घरेलु सहायकहरु भर्ना गर्दै


न्युनतम स्वीकार्य ज्याला (एमएडब्लु)

एमएडब्लु एफडीएचहरुलाई प्रदान गरिने ज्याला रक्षा हो l रोजगारदाताहरुले एफडीएचहरुलाई सम्झौता हस्ताक्षर गर्दा तत्कालको एमएडब्लुभन्दा कम तलव दिन पाइदैन l यसले एफडीएचहरुलाई शोषण बिरुद्ध रक्षा गर्छ र स्थानीय कामदारहरुलाई सस्तो विदेशी श्रमसँगको प्रतिस्पर्धाबाट बचाउछ l हंग कंग विशेष प्रशासनिक क्षेत्र सरकारबाट हंग कंगमा सामान्य आर्थिक र रोजगार अवस्थालाई ध्यानमा राख्दै एमएडब्लु समिक्षा गरिनेछ l

यसको प्रभावबाट 30 सेप्टेम्बर 2023, FDHs को लागि MAW हो $4,870 प्रति महिना, जुन मा वा पछि हस्ताक्षर गरिएको रोजगार सम्झौताहरूमा लागू हुन्छ 30 सेप्टेम्बर 2023. अघिल्लो MAW $ 4,730 थियो, जुन बीच हस्ताक्षर गरिएको सम्झौताहरूमा लागू हुन्छ 1 अक्टोबर 2022 को 29 सेप्टेम्बर 2023.