Engaging an enployment agency
Engaging an enployment agency

हंग कंग प्रशासानिक क्षेत्र सरकारबाट एफडीएचहरु भर्ना गर्नैपर्छ, वा रोजगार एजेन्सीहरुबाट रोजगार पाउन एफडीएचहरु भर्ना गर्नै पर्छ भन्ने आवश्यकता छैन l तथापी, त्यो एउटा धेरै साधारण माध्यम हो जसबाट हंग कंगका मान्छेहरु एफडीएचहरुलाई रोजगार दिन्छन् l

एफडीएचको आफ्नै ग्रिह देशको पनि त्यस्तो आवश्यकता हुनसक्छ र तिनीहरु देश पिच्छे फरक हुनसक्छन् l एफडीएचहरु र रोजगारदाताहरुलाई इएहरुको सेवा प्रयोग गर्दा यो खण्डको सूचना पढ्न प्रोत्साहित गरिन्छ l

Notes for Employers Picture

लाइसेन्स लिने आवश्यकता

हंग कंगको कानुन अन्तर्गत, सबै इएहरुले रोजगार एजेन्सी प्रशासन (इएए) बाट लाइसेन्सको लागि निवेदन दिन आवश्यक पर्छ रोजगार कुनै नियुक्ति व्यापार सुरुगर्नु भन्दा पहिले l

इएको सेवा लिनु अघि, रोजगारदाताहरुले पहिले त्यसले एउटा वैध लाइसेन्स पाएको छ छैन जाच्नुपर्छ l तपाईले यो वेभसाइटमा प्रदान गरेको सर्च इन्जिन प्रयोग गरेर हंग कंगमा वैध लाइसेन्सले इए (हरु) पहिचान गर्न सक्नुहुन्छ l यदि तपाईसँग कुनै प्रश्नहरु छन् भने कृपया इएए सम्पर्क गर्नुहोस् l

यदि तपाई संका गर्नु हुन्छ कि एउटा इए एउटा वैध लाइसेन्स बिना चलिरहेको छ भने, कृपया त्यो इएए मा रिपोर्ट गर्नुहोस् l कोही मान्छे जसले श्रमको लागि कमिसनरबाट एउटा लाइसेन्स अथवा प्रमाणपत्र बिना इए संचालन गर्छ भने त्यो मान्छे अपराधको दोषी हुन्छ र बढीमा उसलाई 350,000 डलर सम्मको जरिवाना हुनेछ र 3 वर्षको कैदको सजाई l


रोजगारदाताहरुलाई नोट


Notes for Employers Picture

इएसँग एउटा वैध लाइसेन्स छैन भन्ने निश्चित गर्नु भन्दा, तपाइलाई इएको प्रतिष्ठा वेभसाइट, छलफल समुहहरु, अथवा साथी भाइले भनेको भरमा जांच गर्न प्रोत्साहन गरिन्छ l

तपाईको इच्छाहरु रक्षा गर्न, तपाइलाई सेवाको विवरणको इएसँग स्पस्ट र राजी हुन सुझाव दिइन्छ, जसमा कभरेज, अलग उल्लेख गरिएको शुल्क, एफडीएचको रिपोर्टिंग मिती, रिफण्ड अथवा फिर्ता नीति आदि पनि हुन्छ कुनै भुक्तानी बनाउनु अगाडी l भुक्तानी पछि एउटा बिल माग्नुहोस् l दुवै पार्टीले हस्ताक्षर गरेको सेवा सम्झौतामा सम्झौता गरेको शर्तहरु लेखिनु पर्छ l सम्झौता गरेको शर्तमा यदि इएले सम्मान गर्न असफल भयो भने, अथवा व्यापार विवरण अध्यादेश अवहेलना गरेको संका भयो भने, तपाईले भन्सार र शुल्क विभाग उपभोक्ता परिषदकारबाट सहायता खोज्नुपर्छ l


कामको खोजी गर्नेहरुको लागि नोटहरु

कानुन अनुसार, इएहरुले कुनै शुल्क अथवा खर्चहरु लिने छैन, प्रत्यक्ष वा अप्रत्यक्ष, काम नियुक्ति सम्बन्धि तोकिएको कमिसन भन्दा बढी लिन पाउदैन, (सफल नियुक्ति पछि पहिलो महिनाको तलवको 10% हालमा) आफैलाई रक्षा गर्न, तपाइले कमिसन दिएपछि इएहरुबाट एउटा रसिद लिनुपर्छ l कुनै जागिरको खोजीमा रहेको व्यक्ति जसले संका गरेको छ कि इएले धेरै शुल्क लिएको छ, उसले चाडो भन्दा चाडो इएए मा रिपोर्ट गर्नुपर्छ l


रोजगार एजेन्सीहरुको लागि कार्य संहिता

एउटा इएलाई संलग्न गराउनु पहिला, रोजगारदाताहरु र रोजगार खोज्नेहरुलाई रोजगार एजेन्सीहरुको लागि कार्य संहिता उल्लेख गर्न प्रोत्साहित गरिन्छ उनीहरुको अधिकारहरु र जिम्मेवारीहरु बुझ्नको लागि l

Code of Practice for Employment Agencies Picture

रोजगार एजेन्सीहरुसँग सम्बन्धित प्रेस विज्ञप्ति

(चिनियाँ/अंग्रेजी)


इएए सम्पर्क

एउटा इए विरुद्ध उजुरी जुन रोजगार अध्यादेश र/अथवा रोजगार एजेन्सी नियमहरु अवहेलना गरेको संका प्राप्त भएपछि, इएएले तुरुन्तै कुरा अगाडी बढाउछ l यसले अनुसन्धानको क्रममा थप विवरणहरु प्राप्त गर्न गुनासो नजिक पुग्छ अथवा इए विरुद्ध कानुनको उल्लङ्घन भएको संका भएपछि अध्यादेश संस्थागत हुनेभएपछि इएएले गुनासो गर्नेलाई आवश्यकता अनुसार अभियोग साक्षी बन्न आमन्त्रण गर्नेछ l

  • ठेगाना: Unit 906, 9/F, One Mong Kok Road Commercial Centre, 1 Mong Kok Road, Kowloon
  • टेलिफोन: 2115 3667
  • फ्याक्स:2115 3756
  • इमेल: ea-ee@labour.gov.hk
  • वेभसाइट: www.eaa.labour.gov.hk

तपाईले रोगारी एजेन्सी (ई ए) हरू को विरmधमा उनिहरूले गरेको शङ्कास्पद कानूनको उल्लंघन वा अभ्यासको कोडको पालन नगरेको विषयमा, उजुरी निम्न अनलाइन फारम मा भर्ना गररे दर्ज गरे हुने छ ।