Foreign Domestic Helpers' Corner
Foreign Domestic Helpers' Corner

हंगकंगमा काम गर्दा तपाईले थाहा पाउनु पर्ने कुराहरु

तपाईको श्रम अधिकारहरु

  • तपाई ७ दिनहरुको कानुनी बिदहरुमा कम्तिमा एक दिनको बिदातलवी वार्षिक बिदा को हकदार हुनुहुन्छ l रोजगारदाताहरुले तपाईको आराम गर्ने दिनमा र बिदाको दिन काम गर्न बाध्य गर्न सक्दैनन् अथवा कानुनी बिदा दिनुको साटो कुनै किसिमको भुक्तानी दिन सक्दैनन् l

  • तपाईको ज्याला तपाईको सम्झौता (जुन हस्ताक्षर गरेको बेला न्युनतम स्वीकार्य ज्याला भन्दा कम हुनुदैन), गरेअनुसार पूर्ण हुनुपर्छ, र ज्यालाको समय सक्किएको ७ दिनहरु भित्रमा हुनुपर्छ l

  • तपाइलाई सित्तैमा खाना प्रदान गरिनेछ, अथवा तपाईको रोजगारदाताको छनोटमा रोजगार समयमा त्यसको मूल्य बराबर दिएर हुनेछ, या रोजगारी अवधि को समयमा झूठ मा खाना भत्ता

  • तपाई पूर्ण रोजगार समयमा सम्झौतामा लेखिएको अनुसार तपाइको रोजगारदाताको निवासमा काम गर्नुपर्छ र बस्नुपर्छ l तपाइको रोजगारदाताले तपाइलाई सित्तैमा बस्ने आवास सहित उचित गोपनियता प्रदान गर्नुपर्छ l

  • तपाईको रोजगारदाताले तपाईको ठाउँको आवास बाट हंग कंगसम्म सम्झौताको सुरु अगाडी हवाई टिकट उपलब्ध गर्नेछ; र सम्झौता सकिएपछि/समाप्त भएपछि, तपाइलाई तपाइको बस्ने आवाससम्म फर्किने हवाई टिकट उपलब्ध गराईन्छ l

  • तपाईलाई हंग कंगमा रोजगारको बेला सित्तैमा चिकित्सकीय उपचार प्रदान गरिनेछ, तपाईको जिम्मेवारीको बेला अथवा जिम्मेवारीबाट भएको रोगले l

बारम्बार सोधिने प्रश्नहरु

हंगकंगमा रोजगारीका लागि तयार रहनुहोस् - विदेशी घरेलु सहयोगीहरूको लागि पुस्तिका

विदेशी घरेलु कामदारको रोजगारीसम्बन्धी इन्फोग्राफिक्स
Your labour rights picture


रोजगार एजेन्सीहरु

  • विदेशी घरेलु सहायकहरुले रोजगार एजेन्सीहरु (इए)बाट नै रोजगार पाउनु पर्छ भन्ने हंग कंग विशेष प्रशासनिक क्षेत्र सरकारको एउटा आवश्यकता होइन l यद्दपी, तपाइको आफ्नो सरकार(हरु)मा त्यस्तो आवश्यकता हुनसक्छ l कृपया तपाईको सरकारको हंग कंगको वाणिज्य दुतावासको प्रतिनिधिहरुसँग कुनै प्रश्नहरु भए परामर्श लिनुहोस् l

  • कानुन अनुसार, जो कोही जसले रोजगार नियुक्ति सेवाहरु प्रदान गर्न चाहन्छ, उसले श्रम विभागबाट एउटा लाइसेन्स प्राप्त गर्नैपर्छ l इएको सेवा लिनुभन्दा पहिले त्यससँग एउटा वैध लाइसेन्स छ छैन जाँच गर्नुपर्छ l तपाईले यहाँ क्लिक गरेर अनलाइन जाँच गर्न सक्नुहुन्छ l (चिनियाँ/अंग्रेजी मात्रै)

  • तपाईको इएले तपाईलाई कुनै शुल्क अथवा खर्चहरु लिन निषेधित छ, चाहे त्यो प्रत्यक्ष होस् वा अप्रत्यक्ष, काम नियुक्ति सम्बन्धि तोकिएको कमिसन भन्दा बढी लिन पाउदैन, (सफल नियुक्ति पछि पहिलो महिनाको तलवको १०% हालमा) आफैलाई रक्षा गर्न, तपाइले कमिसन दिएपछि इएहरुबाट एउटा रसिद लिनुपर्छ l

  • कुनै जागिरको खोजीमा रहेको व्यक्ति जसले संका गरेको छ कि इएले धेरै शुल्क लिएको छ, उसले चाडो भन्दा चाडो इएए मा रिपोर्ट गर्नुपर्छ

  • एउटा इएलाई संलग्न गराउनु पहिला, रोजगारदाताहरु र रोजगार खोज्नेहरुलाई रोजगार एजेन्सीहरुको लागि कार्य संहिता उल्लेख गर्न प्रोत्साहित गरिन्छ उनीहरुको अधिकारहरु र जिम्मेवारीहरु बुझ्नको लागि l


आफैलाई रक्षा गर्नुहोस्

  • कसैले पनि (तपाईको रोजगारदाता वा एजेन्सी सहित) तपाइलाई तपाइको व्यक्तिगत पहिचान कागजातहरु (उदाहारण, हंग कंग पहिचान कार्ड, पासपोर्ट आदि) धन (उदाहरण, बैंकको एटिएम कार्ड) अथवा तपाईको हक आदि बारे प्रकाशनहरु/ कागजातहरु समर्पण गर्न बाध्य गर्न सक्दैन l

  • तपाइले कुनै कागजात अथवा सम्झौतामा हस्ताक्षर गर्न हुदैन, जसको सामाग्री तपाई बुझ्नुहुन्न अथवा त्यस सँग राजी हुनुहुन्न l

  • तपाईको इएले एजेन्सी शुल्क अथवा तालिम शुल्क पुनःभुक्तानी गर्न ऋण लिन सोध्नुहुदैन l

  • तपाइले तपाइको रोजगारदाता वा इएले गलत सूचना सँग (उदाहरणको लागि तपाइको ज्याला, तपाईको रोजगार ठेगाना) सम्झौतामा राजी हुनुहुदैन l त्यसो गर्नाले तपाई अपराधको लागि उत्तरदायी हुन सक्नुहुन्छ l
Protect yourself


सहयोगको लागि कहाँ हेर्ने?

  • यदि तपाइलाई शारीरिक दुर्व्यवहार भयो भने तपाईले पुलिसलाई “999” मा कल गर्नुपर्छ l

  • यदि तपाईको पारिश्रमिक पूर्ण रुपमा र समयमा दिइएन, आराम गर्ने दिन र बिदाहरु दिइएन, अथवा तपाइको कुनै श्रम अधिकार उल्लङ्घन भएको संका गर्नुभयो भने, तपाइले निम्न माध्यमहरु बाट श्रम विभाग नजिक पुग्नुपर्छ l

  • यौन हिंसा, घरेलु हिंसा र÷अन्य पारिवारिक संकटमा सहयोगको लागि तुङ्ग वाह अस्पताल समूह को CEASE आपटकाल केन्द्र को २४ घण्टाको हटलाइन 18281 लाई कल गर्नु होला । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला

  • बिना योजनाको गर्भावीथामा सहयोग चाहिएमा, समाज कल्याण विभागको हतलाइन 2343 2255 मा कल गर्नुहोस । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला

  • हंग कंगमा तपाईको सरकारको कन्सुलेट जेनेरलसँग सम्पर्क गर्नुहोस् (अंग्रेजी संस्करणकै क्रममा व्यवस्था गरीएको)


विशेष भाषा आवश्यकताहरु

  • भाषाको बाधाले हाम्रो सेवामा तपाईको पहुँच सुनिश्चित गर्न दोभाषे सेवा सित्तैमा व्यवस्था गरिनेछ जहाँ आवश्यक हुन्छ l यदि तपाई चाहनुहुन्छ भने, तपाईले सित्तैमा सम्झौता खोज्दा अथवा श्रम विभागमा एउटा गुनासो राख्दा आफ्नै दोभाषेहरु पनि ल्याउन सक्नुहुन्छ l